default_image

2 years ago

April 11, 2024

अन्तरप्रदेश खेलकुद– बागमती अगाडि

394 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ ।

विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष क्रिकेट तथा पुरुष/महिला फुटबल र भलिबल गरी ५ स्वर्णको टुंगोल लाग्न बाँकी छ ।

सुदूरपश्चिम प्रदेश २१ स्वर्णसाथ दोश्रो तथा कोशी प्रदेश १४ स्वर्णसाथ तेश्रो स्थानमा छ । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले समान ११ स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशले ९ तथा मधेश प्रदेशले ३ स्वर्ण पदक जितेका छन् ।

पुरुष क्रिकेट – गण्डकी फाइनलमा

गण्डकी प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा बिहीबार गण्डकीले कर्णालीलाई ६८ रनले पराजित ग¥यो ।

चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कर्णालीले १६.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ६ रन बनायो । कर्णालीका लागि विपिन रावलले ३८, मनिष शाहीले १७ र विपिनविक्रम शाहीले १३ रन जोडे । गण्डकीका लागि कमल परियारले ४ र विपिन खत्रीले ३ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको गण्डकीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । गण्डकीका लागि इश्वर क्षेत्रीले ६६ रनको अर्धशतकिय पारी खेले । त्यस्तै विपिन क्षेत्रीले ३८ र सन्दीप क्षेत्रीले २८ रन बनाए । कर्णालीका दिनेश अधिकारीले र दिपेन्द्र रावतले समान ५ विकेट लिए ।

अर्को खेलमा लुम्बिनीलाई ७६ रनले हराउँदै मधेस प्रदेश सेमिफाइनलमा पुगेको छ । मधेशले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९९ रन जोड्न सक्यो । अब मधेश प्रदेशले फाइनल प्रवेशका लागि सुदूरपश्चिमको सामना गर्नेछ ।

महिला फुटबल- कर्णाली र सुदूरपश्चिमको खेल पहिलो हाफ खेलेर स्थगित

अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफपछि स्थगित भएको छ ।

भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावा हुरीका कारण दोस्रो हाफ स्थगित गरिएको हो ।
पहिलो हाफमा भने सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो । सुदूरपश्चिमकी कप्तान अञ्जली चन्दले खेलको १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन् ।

दुई टोलीबीचको दोस्रो हाफको खेल शुक्रबार हुनेछ । कर्णाली र सुदूरपश्चिमबीचको विजेता टोलीले कोशी प्रदेशसंग फाइनल खेल्नेछ । बुधबार पहिलो सेमिफाइनलमा मधेशलाई २–० ले हराउँदै कोशी फाइनलमा पुगिसकेको छ । फाइनल शनिबार हुनेछ ।
पुरुष फुटबल – कोशी फाइनलमा

कोशी अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा कोशीले सुदूरपश्चिम प्रदेशलाई २–० ले पराजित ग¥यो । कोशीका निखील तामाङ र अभिशेक बिकले समान १ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गरेका कोशीका कमल खवासलाई ‘म्यान अफ द म्याच’ घोषित भए ।

बक्सिङ – बागमतीलाई सर्वाधिक ९ स्वर्ण

अन्तरप्रदेश खेलुकदअन्तर्गत बक्सिङमा बागमती प्रदेशले सर्वाधिक ९ स्वर्ण जितेका छ । लुम्बिनीले ५, कर्णालीले ४, सुदूरपश्चिमले ३ र कोशीले २ स्वर्ण पदक जितेको छ । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

पुरुष ४८ केजीमा बागमतीका बागमतीका रविन थापा, ५१ केजीमा बागमतीका लालप्रसाद उप्रेती, ५४ केजीमा बागमतीका मदनकृष्ण डंगोल, ५७ केजीमा बागमतीका निराजन मोक्तान, ६० केजीमा गण्डकीका निश्चल गुरुङ, ६३.५ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्द, ६७ केजीमा कर्णालीका प्रासङ सुब्बाले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै ७१ केजीमा बागमतीका अश्विन धिरन श्रेष्ठ, ७५ केजीमा गण्डकीका तार्जन घर्ती मगर, ८० केजीमा सुदूरपश्चिमका बालाजी रावल, ८६ केजीमा गण्डकीका किरण विक, ९२ केजीमा गण्डकीका सुनिल श्रेष्ठ र ९२ केजीमाथि बागमतीका करण तामाङले स्वर्ण पदक जितेका छन् ।

महिलाको ४८ केजीमा बागमतीकी सुष्मा तामाङ, ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठ, ५२ केजीमा गण्डकीकी सोनिया बडुवाल, ५४ केजीमा कर्णालीकी अन्जनी तेली, ५७ केजीमा कोशीकी नारिका राईले स्वर्ण पदक जितिन् ।

त्यस्तै ६० केजीमा कोशीकी जोनु लिम्बू, ६३ केजीमा बागमतीकी तनुजा नेपाली, ६६ केजीमा सुदूरपश्चिमकी प्रतिक्षा रोकाया, ७० केजीमा कर्णालीकी कोश डोमा शेर्पा र ७५ केजीमा कर्णालीकी सिला महर्जन पहिलो भए ।

भलिबल – गण्डकी दोहोरो उपाधि नजिक
अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलमा गण्डकी महिला र पुरुष दुबै टोली फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको महिलातर्फको सेमिफाइनल खेलमा गण्डकीले लुम्बिनीलाई ३–१ सेटले हराउँदै फाइनल पुग्यो । महिलाको पहिलो सेमिफाइनलमा गण्डकीले २६–२४, २५–२०, ११–२५ र २५–१४ को जित निकाल्यो ।

दोस्रो सेमिफाइनलमा बागमतीले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । बागमतीले २५–१०, २५–९ र २५–१७ को जित निकाल्यो ।
पुरुषको पहिलो सेमिफाइनलमा कोशीले कर्णालीलाई ३–१ सेटमा हराउँदै अन्तिम दुईमा पुग्यो । कोशीले २१–२५, २५–१९, २५–१६ र २५–२० को जित निकाल्यो । दोस्रो सेमिफाइनलमा गण्डकीले सुदूरपश्चिमलाई ३–१ सेटले हराउँदै फाइनलमा पुग्यो । गण्डकी २२–२५, २५–१७, २५–१९ र २५–२० ले विजयी भयो । प्रतियोगिताको महिला र पुरुषतर्फको दुबै फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.