2 years ago
April 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन् ।
नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको बताइएको छ ।
खम्बू ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने पहिलो नेपाली महिला हुन् । फिडे महिला आयोगकी सदस्य पनि रहेकी उनले दुईपल्ट एसियाली खेलकुद ( २००६ दोहा, कतार र २०१० ग्वान्जाउ, चीन), तीनपल्ट ओलम्पियाड (२०१४ ट्रोम्सो, नर्वे, २०१६ बाकु, अजरबैजान र २०१८ बाटुमी, जर्जिया) तथा तीनैपल्ट एसियन इन्डोर गेम्स (२००९ हनोई, भियतनाम, २०१३ इन्चोन, दक्षिण कोरिया र २०१७ अस्गबात, तुर्केमेनिस्तान) खेलेकी थिइन् । खम्बूले खेलाडी उत्पादन गर्ने उद्देश्यले दुई महिनाअघि हिमालयन चेस एकेडेमी स्थापना गरेकी छिन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]