default_image

9 years ago

February 2, 2017

एपिएफमा समरक्षकभूषण र मायांका पुरस्कृत

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नवौं सहवीर स्मृति खुला लनटेनिसका विजेतालाई बिहीबार समापनका क्रममा पुरस्कृत गरिएको छ । पुरुष एकलमा समरक्षकभूषण बज्राचार्य र महिला एकलमा मायांका राणा विजयी भएका थिए ।

उपाधिका साथ समरक्षकभूषण बज्राचार्य र मायांका राणा ।

उपाधिका साथ समरक्षकभूषण बज्राचार्य र मायांका राणा ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै अफिसियल तथा व्यवस्थापकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
दुवै विजेताले समान ६० हजार रुपैयाँ प्राप्त गरे । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजना मंगलबार सम्पन्न खुला टेनिसको फाइनल खेलमा समरक्षकभूषणले ए.आई.ए.का कुमार अधिकारीलाई ७–५, ७–६ ले पराजित गरेका थिए । त्यस्तै त्यस्तै ललितपुरकी मायांकाले पोखराकी गंगा शर्मालाई ६–४, ६–२ ले हराएकी थिइन् ।

समितिले आयोजना गरेको महिला भलिबलको उपाधि न्यु डाइमन्डले जितेको थियो भने ब्याडमिन्टनमा तामाङ दिदीभाई नङ्सल देवी र रत्न जित च्याम्पियन बनेका थिए ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.