2 years ago
May 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)–पेरिस ओलम्पिकको छनोटका रुपमा रहेको बरिसी ग्रान्ड स्लाममा नेपाली खेलाडी मनीता श्रेष्ठ प्रधानले भाग लिने भएकी छन् । काजाखस्तानमा हुने ग्रान्ड स्लामका लागि मनीताको प्रशिक्षकमा देवु थापा रहेकी छन् ।
टोली बुधबार त्यसतर्फ जाने बताइएको छ । प्रतियोगिता मे १० देखि १२ तारिखसम्म हुनेछ । ओलम्पिकका लागि छनोट आधारका रुपमा रहेको प्रतियोगितामा मनीताले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।
मनीता ओलम्पिक सोलिडारिटी छात्रवृत्ति प्राप्त खेलाडी भएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष श्रेष्ठले जनाएका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]