default_image

2 years ago

May 24, 2024

नेपाली खेलाडीले साफ टेबल टेनिस खेल्ने

980 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा भाग लिने भएका छन् । १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ ।

जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्ने बताइएको छ । यु–१९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र एसियाली खेलकुदको अनुभव बटुलिसकेका रुविन महर्जन तथा गल्र्समा वियंका राई, इभाना थापा मगर र योङगी पौडेलले प्रतिस्पर्धा गर्ने छन् ।

यु–१५ को ब्वाइजमा जयस्नु महर्जन, रिजन शाक्य र सुविन क्षेत्री तथा गल्र्समा शुभश्री श्रेष्ठ, सुरम्य शाक्य र महिमा महताले खेल्ने छन् । टोलीको प्रशिक्षकमा सन्जिव ढुंगेल तथा व्यवस्थापकमा सिक्का सुवाल श्रेष्ठ छन् । एटीटीयु कम्पिटिसन म्यानेजर तेजेन्द्रसिंह महरा पनि सो प्रतियोगिताका लागि श्रीलंका जाँदै छन् । महरा शुक्रबारै प्रस्थान गरेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गर्दै भने– ‘टेबलटेनिसमा स्यान्टु श्रेष्ठले ओलम्पिकमा छनोट भएर इतिहास रहेचका छन् । अबको नयाँ अनुहार तपाईंहरु मध्येबाट हुन सक्छ । तपाईंहरु भविष्य मात्र होइन, वर्तमान पनि हो । मनभित्रदेखि राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नुस् । अल दि वेस्ट ।’

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.