1 year ago
June 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- झापाका राजन सुवेदी २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बीचको सहभागितामा नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा राजनले जित हात हासिल गरे। उनले ७ जित, २ बराबरी र २ खेलमा हार बेहोरे।
३५ वर्षीय राजन सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीको बुढापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडका लागि छनोट भएका छन्।
त्यसैगरि झापा कै श्रुसुरत दाहल पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७.५ अंककाा साथ दोस्रो बने। टाइब्रेकका आधारमा समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहेर राष्ट्रिय प्रतियोगिता टुङ्ग्याएका छन्।
यससँगै शुश्रुत र क्षितिज दुबैले ओलम्पियाडको यात्रा निश्चित गरे। शुश्रुतले अन्तिम चरणमा पुरुषोत्तम सिलवालाई पराजित गरे। क्षितिजले दोलखाका राजिव कार्कीलाई हराए।
नवौं महिला राष्ट्रिय बुद्धिचाल तर्फको अन्तिम खेलमा कृतिसारा अधिकारीसंग पराजित भएपनि ९ अंक सहित दोस्रो पटक सिन्दिरा जोशी नेपाल च्याम्पियन बन्न सफल भइन्। सिन्दिरले ११ औं चरणको खेल मध्ये ९ खेलमा जित र २ खेलमा हार बेहोरिन्।

यसैगरी झापाका कृतिसारा अधिकारीले ८.५ अंक जोड्दै दोस्रो भईन्। उनी ओलम्पियाडको लागि छनोट भएकी टिकट छिन्। ८ अंकसहित कास्कीका पूजा भण्डारी र शान्ति धिमाल चौथो भईन्। शीर्ष ४ महिला खेलाडी ओलम्पियाडको लागि छनोट भए।
हंगेरीको बुढापेष्टमा हुने ओलम्पियाड पुरुष तर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, शुश्रुत दहाल र क्षितिज भण्डारी छनौट भएका छन् । महिला तर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनोट भएका छन्।
लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]