1 year ago
June 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापी रिह्याबिलिटेशन सेन्टर एसोसिएसन नेपालले (प्राण) पुनर्स्थापना व्यवसायीका लागि टेबलटेनिस प्रतियोगिताको सम्पन्न गरेको छ ।
एसोसिएसनले एभिएम स्कूल, ललितपुरमा देशभरका पुनर्स्थापना व्यवसायीहरूलाई एक दिनको उत्साहजनक प्रतिस्पर्धा र सौहार्दताको लागि एकै ठाउँमा ल्याउँदै टेबल टेनिस प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको हो ।
कार्यक्रममा पुरुष र महिला एकल विधामा कुल ५२ जना सहभागी थिए । नकआउट आधारमा आयोजना गरिएको प्रतियोगितामा पिएमआर डाक्टर, फिजियोथेरापिस्ट, स्पीच थेरापिस्ट, अडियोलोजिष्ट, अकुपेसनल थेरापिस्ट, साईकोलोजिस्ट, बिहेवियरल थेरापिस्ट, भिजन थेरापिस्ट, र रिह्याबिलिटेसन नर्सहरू सहित विभिन्न पुनर्स्थापना विशेषज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
महिला एकलतर्फ वीर अस्पतालकी फिजियोथेरापी इन्टर्नकी रितु अवाल विजयी भइन् भने फिजियो प्रभा अधिकारी उपविजेता बनिन् । पुरुष एकलतर्फ धुलिखेल अस्पतालका फिजियो निश्चल श्रेष्ठ शीर्षस्थानमा रहे भने स्पाइनल इन्जुरी सेन्टरका अजय विक उपविजेता बने ।
कार्यक्रमले नेपालमा पुनर्स्थापना व्यवसायीहरूका बीचमा सामुदायिक भावनालाई बढावा दिन र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउने आशा आयोजकले राखेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]