default_image

1 year ago

July 4, 2024

गल्फर सदभाव अमेरिका प्रस्थान

582 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

सदभावले  १ सय २४ औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाईङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् । १८ वर्षिय सदभावले युनाईटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष निमन्त्रणा पाएका हुन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्ने छन् ।

सदभाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्ने छन् । १ सय २४औं युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

यसैगरी उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा  सहभागिता जनाउने छन् । अमेरिकन जुनियर गल्फ संघले सदभावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म फ्लोरिडास्थित टिपीएस सग्रसको दि प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न निमन्त्रणा पठाएपछि उनी सहभागी हुन लागेका हुन् ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सदभावलाई निमन्त्रणा नेपाल गल्फ संघले जनाएको छ ।

दुई प्रतियोगितामा सहभागितासँगै अमेरिकामा सदभावले विशेष प्रशिक्षण गर्ने छन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिने छन् ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सदभावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले तीनवटा प्रमुख उपाधि जितिसकेका छन् । सद्भावले गत वर्ष चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् ।

सदभावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा कुल उपाधि संख्या तीन पुर्याएका थिए । यो सिजन ६ प्रतियोगितामा भाग लिए उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ उपाधि नै  जिते ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै सदभावलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका लागि मात्र नभइ सिंगो राष्ट्रका लागि गर्वको विषय भएको बताए ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.