default_image

1 year ago

July 20, 2024

रुपेश हिमालयन १०० चेसमा च्याम्पियन

753 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको १ सयौं वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत् शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन् ।

हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्बाधिक ९.५ अंक जोड्दै उपाधि जितेका हुन् । अर्का एफएम क्षितीज भण्डारी ९ अंकसहित दोस्रा भए ।

पुरुषोत्तम सिलवाल र रामहरि कार्कीले समान ८ अंक बनाए । टाइब्रेकरको आधारमा पुरुषोत्तम तेस्रो भए ।

गत वर्षका नेपाल च्याम्पियनसमेत रहेका २१८० रेटेड रुपेशले दसौं तथा अन्तिम चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग अंक बाँड्नुअघि रुबेश्री चौलागाइँ, विनोद तामाङ, भुवनेश्वर चौधरी, धिरेन राई, सुशील चौधरी, पुरुषोत्तम सिलवाल, क्षितीज, सजल न्यौपाने र पुरुषोत्तम चौलागाइँलाई पराजित गर्दै पूर्ण अंक जोडेका थिए ।

क्षितीजले सातौं चरणमा रुपेशसँग पराजय बेहोर्नुबाहेक अरु सबै खेल जितेका थिए । पुरुषोत्तमले रुपेश र क्षितीजविरुद्ध मात्रै हारे बेहोरे र अरु आठ खेलमा परा अंक जोडे ।

खुला, महिला तथा अरु १५ स्पर्धासमावेश कुल ५४ हजार रुपिया पुरस्कारको प्रतियोगितामा रुपेशले १० हजार, क्षितीजले ७ हजार, पुरुषोत्तमले ४ हजार, रामहरि (चौथो) ३ हजार र राजेन्द्रप्रसाद (पाँचौं) ले २ हजार रुपैयाँ प्राप्त गरे । पुरुषोत्तम चौलागाइँ (७), सुशील (७), धिरेन (७), अभिक शाह (७), शैलेन्द्र न्यौपाने (७) शीर्ष १० मा रहँदै १–१ हजार रुपैयाँ हात पारे ।

एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बनिन् । उक्त स्पर्धामा नेपाल च्याम्पियन सिन्दिरा जोशी (६) दोस्रो र पुनम प्रसाइँ (६) तेस्रो भए । टाइब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता भएकी हुन् । यसमा प्रथमले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार प्राप्त गरे ।

यू ९ गल्र्समा रुबेश्री (३ अंक), ब्वाइजमा एल्बिक अधिकारी (५) विजेता भए । यू ११ गल्र्समा नायुमा मगर (३.५ अंक) र ब्वाइजमा अग्रिम सैंजु (६) प्रथम भए । यू १३ ब्वाइजमा सिद्धार्थ लामा (५ अंक) र सोफिया गुरुङ (२.५) ले सफलता हात पारे । यू १५ तर्फ ब्वाइजमा आशिष गुप्ता (६.५) र गल्र्समा विपश्वी अधिकारी (३) ले स्वर्णपदक जिते ।

विधार्थीतर्फ कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर (६ अंक) पहिलो भए । भेट्रान (५५ वर्षमाथि) महेश्वरलाल डंगोल (७ अंक), रेटिङ १९०० मुनि मिसन दाहाल (७.५) र १७०० मुनि सजल न्यौपाने (७) र अनरेटेडमा फूर्वा लामा (६.५) शीर्षस्थानमा रहे । बेस्ट हिमालयनको अवार्ड गल्र्समा प्रज्ञा पन्त (४.५) र ब्वाइजमा रायान श्रेष्ठ (६ अंक) ले प्राप्त गरे ।

‘फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित हिमालयन १०० मा १ सय खेलाडीले स्वीस प्रणालीको आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए । अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) पनि हो ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य पेमा डोल्मा लामा, बागमती प्रदेश बुद्धिचाल संघका पूर्वअध्यक्ष ज्ञानकृष्ण महर्जन, नेपाल स्नुकर संघका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि सरोजकुमार मुल्मी, नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष विदूरप्रसाद गौतम, युक्ति फाउन्डेसनकी प्रमुख युक्ति लामा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले पुरस्कार प्रदान गरे ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.