10 years ago
September 26, 2015
अशोज ९ , गोदाबरी
मिरा राई र दिनेश महर्जनले दोश्रो गोदावारी रनिङ फेस्टिबलको दौडतर्फ पहिलो स्थान हात पारेका छन् ।गोदावरीमा भएको महिला २० किमि दौडमा भोजपुरकी मिराले पहिलो स्थान हात पर्न २ घण्टा ३० मिनेटको समय खर्चेकी थिईन् ।
सोहि समूहमा ललितपुरकी साक्षी राई र सासा प्रधान दोश्रो र तेश्रो भए । बेस क्याम आउटडोर लाईफ स्टाईलको आयोजनामा भएको पुरुषतर्फको २० किमि दौडमा ललितपुरका दिनेश महर्जन पहिलो भए । उनले निधारित समय २ घण्टा ४ मिनेटमा पुरा गरेका थिए । सोहि समूहमा काठमाण्डौंका राज प्रधान दोश्रो तथा सिन्धुपालचोकका माने तामाङ तेश्रो भए ।
दौड गोदावारी पार्कबाट शुरु भएर बिसंखु नारायण,कोर्ड डाडा,चापाखर्क हुदै पुन गोदावारी पार्क आएर सम्पन्न भएको प्रतियोगिता संयोजक परेश श्रेष्ठले बताएका छन् । बिजेताले शिल्ड,मेडल, प्रमाण पत्र र उपाहारहरु प्राप्त गरेका थिए ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]