default_image

1 year ago

September 14, 2024

बुद्धिचाल ओलम्पियाडमा विवेकको दोस्रो जित

604 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल दोश्रो चरणको खेलमा पनि नेपाली विवेक थिङले राम्रो प्रदर्शन गरेका छन्

विवेकले हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई हराएका छन्। ४५ औं ओलम्पियाडमा विवेकको‌ यो दोस्रो जित हो।

विवेकले दुई चरणको खेलमा शतप्रतिशत नतिजा निकाल्दै स्पर्धामा अगाडि रहन सफल भएका छन् । क्याण्डिडेड मास्टर विवेकले तेस्रो चरणको खेलमा हंगेरियन अन्तर्राष्ट्रिय मास्टर मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नेछन्।

नेपालका शीर्ष २२८२ रेटेड विवेकले हंगेरियन २११९ रेटेड आन्द्राससँग कालोगोटीबाट प्रतिउत्तर दिनेछन्।
बुढापेष्टको स्पोर्ट्स हलमा सेप्टेम्बर १२ देखि सञ्चालन भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बर सम्म ९ चरणको खेल हुनेछ।

स्विस मानेजर सफ्टवेयर प्रयोग भएको स्पर्धामा क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट समय रहने छ। बुकोल्ज कट वा र टु , बर्गर सोनेबर्न र प्रोग्रेसिभ नियम लागु गरिएको प्रतियोगिता अन्तर्राष्ट्रिय निर्णायक जेडसल्ट कोर्पिक्सले सम्पन्न गर्नेछन्।

विवेकले दुई खेलबाट ४ रेटिङ वृद्धि गरि सकेका छन्। प्रतियोगिता भरि उनले १८ रेटिङ वृद्धि गर्न सके २३०० रेटिङ पर्फोमेन्सका आधारमा पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने छन्। प्रतियोगिताकस लागि विवेक अष्ट्रेलियाबाट हंगेरी पुगेका हुन् ।

नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाड खेलका लागि राष्ट्रिय प्रतियोगिता मार्फत खेलाडी छनोट गरेको थियो । तर नेपाली टोलीलाई‌ आयोजक राष्ट्रले भिसा उपलब्ध नगराएपछि खेलाडी निराश भएका छन् ।

विश्व बुद्धिचाल महासंघले नेपाल सहित २० राष्ट्रले भिसा प्राप्त गर्न नसकेको विषयमा चासो लिएको बताइएको छ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.