1 year ago
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
सदभावलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले आइतवार बिदाइ गरे। सदस्य सचिव घिसिङले एसियाका टप एमेच्योर गल्फर आउने यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सदभावले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए। उनले एसियन गेम्स र ओलम्पिक गेम्समा मेडल सम्भावना रहेको हुनाले सरकार र राखेपको तर्फबाट सहयोग गर्न आग्रह गरे।

सदभावले एसियाकै ठुलो प्रतियोगितामा खेल्न पाउनुलाई अवसरको रूपमा लिएको बताए। च्याम्पियनसिप जापानको गोटेम्बा स्थित ताहियो क्लबमा असोज १७ गतेदेखि २० गतेसम्म हुनेछ।
विश्व वरियताको आधारमा सदभावले यो अवसर पाएका हुन। सदभावले यो च्याम्पियनसिप यसअघि दुई पटक खेलिसकेका छन। यो पटक भने उत्कृष्ट नतिजाका लागि अमेरिकामा दुई महिनाको विशेष प्रशिक्षण लिएर नेपाल फर्किएका हुन्। यो क्रममा उनले जुनियर प्लेयर्स च्याम्पियनसिप पनि खेलेका थिए।
नेपालबाट टासी छिरिङले पनि भाग लिन छनोट भएका थिए। तर केहि दिन अगाडि चोट लागेको कारण टासीले यो च्याम्पियनसिप नखेल्ने भएका छन् । सदभाव आजै जापानको लागि प्रस्थान गर्नेछन्। सदभावले गत मेमा एएसी कै निमन्त्रणामा अहिले हुने च्याम्पियनसिपको गल्फ कोर्समा पनि प्रशिक्षण गरिसकेका छन्।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]