default_image

1 year ago

October 8, 2024

राष्ट्रिय ब्लिट्ज तथा र्यापिड बुद्धिचाल हुने

792 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा अर्को महिना आयोजना हुने भएको छ ।

काठमाडौं स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा कात्तिक ५ देखि ७ गते सम्म हुने राष्ट्रिय ब्लिट्ज उपाधि विजेताले २० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले १४ , तेस्रोले ९, चौथोले ६, पाँचौले ४ तथा छैटौं देखि दशौं हुनेले समान २ हजार रुपैयाँ पाउनेछन् ।

महिलातर्फको विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ पाउनेछन् । ब्लिट्ज स्पर्धामा कुल ८३ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । द्रुतगतिमा खेलिने ब्लिट्ज खेलको लागि खेलाडीले ३ मिनेट पाउने छन् भने प्रत्येक चाल बापत थप २ सेकेण्ड थपिदै जानेछ । खेल ९ चरणको हुनेछ ।

यसैगरी विश्व बुद्धिचाल महासंघ (फिडे) र एसियन चेस फेडेरेसनको तत्त्वावधानमा सञ्चालन हुने दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले २०, तेस्रोले १४ हजार, चौथोले ९, पाँचौले ६ हजार तथा छैटौंदेखि दशौं हुले समान ४ हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय र्यापिड प्रतियोगिताको महिलातर्फकी विजेताले ७ हजार, दोस्रोले ५ र तेस्रोले ३ हजार रुपैयाँ पाउनेछन्् । उत्कृष्ट स्थानीय, उत्कृष्ट ५५ वर्ष माथिका भेट्रान, रेटिङ १७ सय मुनि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट जुनियर वर्ष १२, १४,१६ सबै व्यक्तिगत विधाका खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

र्यापिड स्पर्धामा कुल १ लाख ३१ हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ । मध्यम गतिमा खेलिने ¥यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छन् भने प्रत्येक चालमा १० सेकेण्ड थपिनेछ । खेल जम्मा ९ चरणको हुनेछ।

तेश्रो राष्ट्रब्यापी नेकोस फिडे रेटिङ बुद्धिचाल

काठमाडौं स्पोर्ट्स एकेडेमी तथा राष्ट्रिय बुद्धिचाल संघ नेपालको संयुक्त आयोजनामा तेस्रो पटक नेकोस फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता – २०८१ हुने भएको छ। यस प्रतियोगितामा सहभागी शीर्ष २५ खेलाडीहरुले कुल २ लाख ५५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

सुदूरपश्चिममा राष्ट्रिय प्रतियोगिता पूर्व सुरु हुने नेकोस राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक नारायण दास गमालले जानकारी दिए ।

पूर्व उपाध्यक्ष समेत रहेका नारायणदास गमालले ४५ औं हंगेरी चेस ओलम्पियाडमा छनोछ भएर सहभागी हुन नपाएका ५ महिला र ५ पुरुष खेलाडीहरुको लागि निःशुल्क दर्ता सहित आवास तथा खानाको सुविधा दिने घोषणा गरेका छन्।

संयोजक गमालले प्रतियोगितामा सहभागी शीर्ष २५ खेलाडी कुल २ लाख ५५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । विजेताले ६०, दोस्रोले ४० , तेस्रोले २०, चौथोले १५, पाँचौले १० तथा छैटौं देखि दशौं हुने समान ७ हजार रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विभिन्न ९ विधाका उत्कृष्ट प्रतिस्पर्धिले समान–५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

यस्तै राष्ट्रिय दोश्रो संस्करणका ¥यापिड विजेता शीर्ष ३ खेलाडी र महिला विजेता, वर्तमान ब्लिज र ¥यापिड फिडे उच्च रेटिङ पुरुष तथा महिला चेस खेलाडीलाई पनि समान सुविधा प्रदान गरिएको अवगत गराएका छन्।

कात्तिक ३ गते देखि ७ गते सम्म सञ्चालन हुने तेस्रो नेकोस राष्ट्र व्यपाी चेस प्रतियोगिताको क्लासिकल खेल १ घण्टा ३० सेकेण्ड इन्क्रिजमेण्ट समयको हुनेछ । स्वीस मानेजर प्रयोग गरिने ९ चरणको क्लासिकल खेलमा डाइरेक्ट इन्काउन्टर, बुछोल्ज कट वान र टु, मोष्ट गेम वोन टाइब्रेक नियम लागु गरिने प्रमुख अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिले जानकारी दिए ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.