1 year ago
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद )- विश्व ट्रायथलनले स्पेनमा भइरहेको ३८ औं महाअधिवेशन तथा वर्ल्ड ट्रायथलन च्याम्पिनयसिपको अवसरमा नेपाल ट्रायथलन संघ र त्यसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई विशेष सम्मान गरेको छ ।
वर्ल्ड ट्रायथलनका अध्यक्ष मारिसोल कासाडोले आफ्नो १६ वर्षको कार्यकाल पूरा भएको अवसरमा संघ र श्रेष्ठलाई विशेष कार्यक्रम आइतवार बीच सम्मान गरेको हो ।
सम्मान हुने अन्य ट्रायथलन संघका अध्यक्षमा नेपालसँगै जापान, स्पेन, क्युवा र मोरक्को रहेकाे नेपाल ट्रायथलन संघले जनाएको छ।
विश्व ट्रायथलनका १ सय ५४ देशमध्येबाट ट्रायथलन खेलको विकासमा विशेष योगदान दिएकोमा चयन गरिएको हो ।
दक्षिण एसियाली ट्रायथलनका प्रतियोगिता लगातार नेपालमै मात्र आयोजना भइरहेको छ । सन् २०१२ देखि दक्षिण एसियाली ट्रायथलन र २०१९ देखि एसिया कप ट्रायथलन नेपालमै भइरहेको छ ।
श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पनि महासचिव हुन् । उनी लामो समयदेखि नेपाली ट्रायथलनको विकास र विस्तारमा सक्रिय रहेका छन् । यस्तै उनी दक्षिण एसियाली ट्रायथलनका अध्यक्ष तथा एसियन ट्रायथलन अध्यक्षका सिनियर सल्लाहकार समेत हुन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]