12 months ago
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेसनल गल्फर एसोसिएसन नेपाल (पिजिएएन) को आयोजनामा सूर्य नेपाल काठमाडौं ओपन सोमवार सुरु हुने भएको छ।
रोयल नेपाल गल्फ क्लबमा ४ दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४२ खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने पिजिएएनका महासचिव दीपक आचार्यले आइतवार ओयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
३२ प्रो गल्फरहरूले कुल ७ लाख ३५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले ८५ र तेस्रोले ६८ हजार रुपैयाँ पार्नेछन्।
साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ।
सिजनको पहिलो सेन्ट्रल ओपनको उपाधि राहुल विश्वकर्मा जितेको थिए। उनले प्रो र एमेच्योर दुवैतर्फको उपाधि जितेका थिए।
साथै नेपाल नम्बर एक एमेच्योर सदभाव आचार्य पनि काठमाडौं ओपनका दाबेदार हुन्। त्यसैले यो पटक पनि प्रो गल्फरहरूलाई दबाब दिन सक्ने अनुमान गरिएको छ। डिफेन्डिङ च्याम्पियन निरज तामाङ, नेपाल नम्बर एक प्रो भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति पनि दाबेदारको रुपमा रहनेका छन्।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]