12 months ago
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जयराम श्रेष्ठ ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलवार शीर्षस्थानमा रहेका छन्।
पहिलो १८ होलको समाप्तीमा जयरामले विष्णु प्रसाद शर्मा र साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे।
रोयल नेपाल गल्फ क्लबका घरेलु प्रो जयरामले बोगी रहित स्कोर कार्ड तयार पारे। उनले आज कुल चार बर्डी प्रहार गरे।
चौथो र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि दशौं र बार्ह्रौं होलमा पनि एक-एक सट बचाए र ब्याक नाइन पनि २-अन्डर ३२ मा नै पुरा गरे।
विष्णु र निरज ३-अन्डर ६५ सहित पहिलो दिन संयुक्तरुपमा दोस्रो स्थानमा रहे। विष्णुले पहिलो र सातौं होलमा एक-एक सट बचाउँदै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलको बोगी विरूद्ध १२औं र १३औं होलको दुई बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।
निरजले दोस्रो होलमा बोगी प्रहार गरेपनि चौथो र पाँचौँ होलमा लगातार दुई बर्डी प्रहार गरे। फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे। यसपछि १०औं र ११औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइनमा २-अन्डर ३२ को स्कोर दर्ज गरे।
३२ प्रो गल्फरले ७ लाख ३५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछन्। दोस्रोले ८५ र तेस्रोले ६८ हजार रुपैयाँ हात पार्नेछन् । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागू हुनेछ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]