default_image

12 months ago

December 13, 2024

रेकर्ड स्कोर सहित एमेच्योर सदभावलाई उपाधि

530 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले ‌समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते ।

साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले २०२२-२३ सिजनमा भुवन नगरकोटीले बनाएको १४-अन्डरको रेकर्ड तोडेका हुन्।

निरज ३-अन्डर ६५ सहित समग्रमा १३-अन्डर २५९ को स्कोरमा दोस्रो भए। प्रतियोगिताको चौथो तथा अन्तिम दिनको खेल सुरू गर्दा सदभाव विरूद्ध निरजसँग एक स्ट्रोकको अग्रता रहेको थियो।

पहिलो नौ होलको खेलमा सदभाव र निरजले ४-अन्डर ३० को स्कोर निकाल्दा प्रतिस्पर्धा थप रोमाञ्चक बन्यो।

सदभावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे। निरजले पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे। १० औं‌ होल दुवैले पारमा सकाए।

११औं होल टर्निङ प्वाइन्ट बन्न पुग्यो। सदभावले यो होलमा बर्डी प्रहार गरे। यता निरजले भने ग्रीनमा तीन पट गरे र बोगी खेपे। यो सँगै निरजले अग्रता मात्र गुमाएनन् एक स्ट्रोकले पछि पनि परे। यो अग्रतालाई सदभावले १३औं होलमा बढाए। उनले बङकरबाट बर्डी प्रहार गरे।

निरजले पार खेल्दा सदभाव दुई स्ट्रोकले अघि बढे। यसपछि दुवैले बाँकी ५ होल पारमा सकाए। निरजले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

सदभावले अन्तिम नौ होलको खेल २-अन्डर ३२ मा सकाउँदै उपाधि जिते। सदभावले उपाधि जित्ने क्रममा तेस्रो र चौथो दिन बोगी रहित खेल पनि खेले। उपाधि जोगाउन नसकेका निरज प्रोतर्फ भने पहिलो हुँदै १ लाख २५ हजार रुपैयाँ हात पारे।

दिनेश प्रजापतिले अन्तिम दिन ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो भए। उनले ८५ हजार रुपैयाँ प्राप्त गरे।

एमेच्योर राहुल विक समग्रमा ६-अन्डर २६६ सहित चौथो भए। उनले अन्तिम दिन ४-अन्डर ६४ स्कोर दर्ज गरे। समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए। नेपाल नम्बर एक प्रो भुवनले आज ४-अन्डर ६४ सहित समग्रमा ४-अन्डर २६८ सहित पाँचौ हुँदै ६८ हजार रुपैयाँ जिते।

प्रतियोगिताको विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

प्रतियोगितामा कुल ७ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी रहेको थियो। कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे। अब टुरको तेस्रो प्रतियोगिता इस्टर्न ओपन धरानमा हुनेछ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.