default_image

11 months ago

December 20, 2024

कोशी खेलकुद बोर्डले खेल संघ दर्ता मार्गनिर्देशन पारित गर्यो

368 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ पारित गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले पारित मार्गदर्शनले खेलकुद विकास बोर्डलाई प्रदेशमा सक्रिय रहेको खेल संघ तथा संस्थासँगको सम्बन्ध झनै बलियो बनाउने बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बताए ।

बस्नेतले बोर्डले पारित गरेको मार्गदर्शनले प्रदेशमा रहेको खेल संस्थाको अभिलेखन तथा तथ्यांक संकलनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यसअघि बोर्डले विभिन्न माध्यमबाट सूचना संकलन गरेर खेल संघ तथा संस्थाहरुसँग समन्वय गरिरहेकोमा अब प्रत्यक्ष सम्बन्ध स्थापित हुने विश्वास गरे ।
त्यस्तै, बोर्ड बैठकले बैशाखमा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट खुट्टामा गम्भीर चोट लागि स्वास्थ्य लाभ गरिरहेका राष्ट्रिय कराते प्रशिक्षक मोहमद सिद्धिकी ताज बबरको उपचारमा सहयोग उपलब्ध गराइदिन सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

November 17, 2025

नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ। मलेसियामा हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलवार मलेसिया प्रस्थान गर्दैछ। मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने च्याम्पियनसिपमा नेपाल पहिलो पटक रुपमा सहभागी हुँदैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई […]

November 17, 2025

जेम्स स्कुल सेल्फ डिफेन्स कार्यशाला

ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

November 15, 2025

पोखराको टाइगर कप भलिबल माघमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ। पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप […]

Success

Thank you for your time.