default_image

12 months ago

December 23, 2024

एनओसी भवनमा प्रवेशमा प्रहरीको रोक , मनोनयन दर्ता प्रभावित

1244 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालय प्रवेशमा प्रहरीदले रोक लगाएको छ।

शनिवार हुने एनओसीको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने समय तय भएको थियो। १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने भनिएपनि बिहान ७ बजेदेखि नै प्रहरीले एनओसी भवनमा प्रवेश निषेध गरेको छ।

एनओसीमा रहेका प्रहरी निरीक्षकले गृह मन्त्रालयको आदेशमा प्रवेश निषेध गरिएको हाम्रो खेलकुद डटकमलाई बताए।

यस विषयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सम्पर्क गर्दा एनओसीले विशेष साधारण सभा रोक्न अदालतको स्टे अर्डर समेत नमानेको कारण यो कदम चालेको बताए।

युवा तथा खेलकुद मन्त्रालय मार्फत गृहले एनओसी भवन नियन्त्रणमा लिएको हो। अदालतको आदेश नमानेसम्म निर्वाचन हुन नदिने मन्त्री चौधरीले स्पष्ट पारेका छन्।

एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्यले आधिकारिक रूपमा अदालतको स्टे अर्डरको जानकारी विशेष साधारण सभापछि मात्र प्राप्त भएको तर्क गरेका छन्।

यसअघि एनओसीको विशेष साधारणसभाले नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको थियो। दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरेको थियो।

लगातार अथवा फरक समयमा चार पटक अध्यक्ष वा महासचिव बन्न मिल्ने विधान अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) को चार्टर अनुसार संशोधन गरिएको दाबी गरिएको थियो।

एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको दोस्रो कार्यकाल पूरा भइसकेको छ। यो विधान संशोधनसँगै उनको लागि तेस्रो कार्यकालको लागि उम्मेदवारीको ढोका खुलेको थियो।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.