default_image

12 months ago

December 24, 2024

एनओसीको ७ उपाध्यक्ष पनि निर्विरोध, अध्यक्षमा मात्र निर्वाचन हुने!

410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) को ७ उपाध्यक्ष निर्विरोध भएको छ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले मंगलवार उम्मेदवारी फिर्ता लिएपछि ७ उपाध्यक्ष निर्विरोध भएका हुन्।

उपाध्यक्षमा निर्विरोध हुनेमा ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा,अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्य छन् । योसँगै अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ।

एनओसी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्र राज श्रेष्ठ र उपाध्यक्ष तेज बहादुर गुरुङले उम्मेदवारी दिएका छन्। निर्वाचन शनिवार हुनेछ।

महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठको मात्र उम्मेदवारी परेकोले निर्विरोध भए ।

३ सचिवमा रमेश प्रसाद शिवाकोटी, भीम सिंह गुरुङ र राम कृष्ण श्रेष्ठ निर्विरोध भए । ५ सदस्यमा गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी र जितेन्द्र बहादुर चन्द निर्विरोध भएका छन् ।

विगतमा भन्दा यसपटक पदाधिकारीको संख्या बढाइएको छ । ५ बाट उपाध्यक्षको‌ संख्या ७ पुर्याउँदा सदस्य संख्या ७ बाट ५ मा झारिएको छ।

एनओसीका अर्का उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले
उच्च अदालत पाटनको आदेशको अवज्ञा, राष्ट्रिय खेलकुद परिषदको पुस ४ गतेको पत्रको उलंघन र नेपाल सरकार युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेशको विपरित हुने भएकोले निर्वाचन प्रकृयामा भाग नलिने पत्रमार्फत निर्वाचन समितिलाई जानकारी दिएका‌ छन्।

सोमवार उम्मेदवारी दर्ताका लागि समय तोकिएपनि सातदोबाटोस्थित एनओसी भवनमा सरकारको निर्देशनमा प्रहरीले प्रवेश निषेध गरेको थियो। जसका कारण भौतिक रुपमा उपस्थिति भएर मनोनयन पत्र दर्ता सम्भव भएन । अदालतको आदेशको पालना नगरेको भन्दै सरकारले प्रहरी परिचालन गरेको थियो।

अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) सँगको समन्वय र उसको निर्देशनमा अनलाइन मार्फत सोमवार नै मनोनयन दर्ता गरिएको एनओसी अध्यक्ष श्रेष्ठले बताएका थिए।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.