11 months ago
January 1, 2025
हिमाल खरेल,बिर्तामोड
कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले तेह्रथुम पुगेर जिल्लास्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेको फुटबल मैदान र रंगशाला, निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समितिको निर्माणाधीन कार्यालयको अनुगम तथा निरीक्षण गरेको खेलकुद विकास बोर्डका कार्यालयका अधिकृत कालिदास भट्टराईले जानकारी दिए ।
त्यस्तै, जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लामा रहेका सक्रिय खेलकुदकर्मीसँग अन्तरक्रिया गर्दै सदस्य सचिव बस्नेतले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले अधिकतम पदक जित्नेगरी तयारीमा केन्द्रित रहेको बताएका थिए ।
बस्नेतले तयारीको क्रममा जिल्लाहरुमा केही समस्या देखिए बोर्डले तत्काल समाधानको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]