12 months ago
January 1, 2025
हिमाल खरेल,बिर्तामोड
नेपाली खेल पोशाक सामग्री उत्पादक ब्रान्ड केटिएम सिटी ले झापाको बिर्तामोडमा आउटलेट सञ्चालनमा ल्याएको छ ।
शेर्पा आउटडोरको केटिएम सिटीले शनिश्चरे रोडमा रहेको केटिएम सिटीको भुइँ तल्लामा सोरुम सञ्चालनमा ल्याएको हो ।
आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले आउटलेट उद्घाटन गरे ।
आउटलेटमा जाडोका न्यानो कपडाहरु, टिसर्ट, जुत्ता लगायत विभिन्न खेल सामग्री प्राप्त गर्न सकिने बिर्तामोड आउटलेटका सञ्चालक मनोज सिटौलाले जानकारी दिए ।
आउटलेटमा १ सय ९० रुपैयाँदेखि २ हजार ४ सय ९० रुपैयाँसम्मका कपडा लगायत खेल सामग्रीहरु उपलब्ध रहेको अर्का सञ्चालक विशाल भण्डारीले बताए । नयाँ वर्ष २०२५ को अवसरमा अफरसमेत राखिएको उनले जानकारी दिए ।
केटिएम सिटीले यसअघि राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गरेको थियो । घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा नेपाली फुटबल टोलीले केटिएमको जर्सी लगाएर खेल्दै उपाधि जितेको थियो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]