default_image

11 months ago

January 10, 2025

सदभाव शीर्षस्थानमा कायमै

388 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक गल्फर सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रवार ८-ओभर ८० को निराशाजनक प्रदर्शन गरे।

यो स्कोरमा ५४ होलको खेल सकिंदा समग्रमा २-ओभर २१८ सहित चार स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहे। तर उनले ३६ होलको समाप्तिमा बनाएको ८ स्ट्रोकको सानदार अग्रतालाई जोगाउन सकेनन्।

सदभावले बंगलादेशका मोहम्मद शाहबुद्दिन र श्रीलंकाका चरिथा पुष्पिका विरुद्ध ४ स्ट्रोकको अग्रता लिएका हुन्। उनीहरु समग्रमा ६-ओभर २२२ को स्कोरमा सम्युक्त दोस्रो स्थानमा छन्।

शाहबुद्दिनले ४-ओभर ७६ को उत्कृष्ट स्कोर निकाल्दा चरिथाले आज १-ओभर ७३ मा खेल सकाए, जुन‌ दिनकै उत्कृष्ट कार्ड समेत हो।

ढाकाको कुर्मितोला गल्फ क्लबमा सदभावले पहिलो दुई दिन लगातार ३-अन्डर ६९ को कार्ड बनाएका थिए। तर तेस्रो दिन उनले उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । फ्रन्ट नाइनमा १-ओभर ३७ को प्रदर्शन गरे। तेस्रो होलमा बर्डी प्रहार गरेपनि पाँचौँ र नवौँ होलमा बोगी खेपे।

उनले ब्याक नाइनमा बिर्सनलायक खेले। १०औँ, ११औँ र १८औँ होलमा एक-एक सट गुमाए। उनले १३औँ र १५औँ होलमा डबल बोगीको सामना गर्दै ब्याक नाइन ७-ओभर ४३ मा पुरा गर्न बाध्य भए।

आजको प्रदर्शनका बाबजुद पनि सदभावले स्वर्ण पदकको सम्भावना भने कायमै राखेका छन् । ४ स्ट्रोकको अग्रतालाई अन्तिम १८ होलको खेल खेल्दा जोगाउँदै सम्हालिएर खेल्न जरुरी छ।

नेपालका अर्का गल्फर राहुल विके भने समग्रमा २२६ स्कोर सहित पाँचौ स्थानमा छन्। उनले आज पनि ४-ओभर ७६ को स्कोर कार्ड बनाए। सदभाव र राहुलले हिजो नेपाललाई टिम स्पर्धामा स्वर्ण पदक दिलाइसकेका छन्।

महिलातर्फको प्रतियोगिता शुक्रवार सुरु भएको छ। नेपालको तारा कार्की चित्रकारले पहिलो राउन्डमा १९-ओभर ८१ स्कोर गर्दा सम्झना खत्रीले १०२ स्कोर निकालिन। प्रतियोगिता शनिवार सकिनेछ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.