11 months ago
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सदभाव आचार्यले
३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन्। सदभाव यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने।
नेपालले सन् १९८८ को दोस्रो संस्करण देखि सहभागिता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो।
ढाका स्थित कुर्मितोला गल्फ क्लबमा अन्तिम दिन शनिवार १-ओभर ७३ स्कोर बनाएका सदभावले समग्रमा ३-ओभर २९१ सहित उपाधि आफ्नो नाममा लेखाए।
सदभावले बंगलादेशका शफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले हराउँदै उपाधिको हकदार बने।
अन्तिम १८ होलको सुरुवात गर्दा सदभावसँग ४ स्ट्रोकको अग्रता रहेको थियो। यो अग्रतालाई सदभावले जोगाए भने उनलाई पछ्याएका अन्य गल्फरले पनि दबाब दिन सकेनन्।
सदभावले फ्रन्ट नाइनमा २-ओभर ३८ खेले। पहिलो, दोस्रो र सातौं होलमा बोगी खेप्दा आठौं होलमा एक सट बचाए। यसपछि १४औं र १८औं होलमा बर्डी प्रहार गरे। १५औं होलमा एक सट खेर फाले। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। उनले पहिलो र दोस्रो दिन समान ३-अन्डर ६९ को स्कोर निकाल्दै सानदार सुरूवात गरे पनि तेस्रो दिन ८-ओभर ८० को खराब प्रदर्शन गरेका थिए। तर अन्तिम दिन सम्हालिंदै सहजै उपाधि जिते।

घरेलु दुई खेलाडी शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनले समग्रमा ९-ओभर २९७ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान प्राप्त गरे। आज शफिकुलले १-ओभर ७३ र शाहबुद्दिनले ३-ओभर ७५ स्कोर गरे। बङ्गलादेशकै मोहम्मद समिम समग्रमा ११-ओभर २९९ सहित चौथो भए। उनले आज दिनकै उत्कृष्ट इभन-पार ७२ को स्कोरकार्ड बनाए।
समग्रमा १२-ओभर ३०० बनाएका श्रीलंकाका चालिथा पुष्पिका पाँचौं स्थानमा रहे। उनले आज ६-ओभर ७८ को खराब प्रदर्शन गरे। नेपालका राहुल विकेले ६-ओभर ७८ को प्रदर्शन गर्दा समग्रमा १६-ओभर ३०४ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए।
प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले भाग लिएका थिए।
सदभावलाई दोहोरो स्वर्ण
सदभाव यो च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्ने पनि पहिलो नेपाली खेलाडी बने। नेपालले ३६ होलको समाप्तीमा बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले माथ दिंदै टिम स्पर्धामा स्वर्ण जितेको थियो। सदभाव र राहुल विकेको जोडीले इभन-पार २८८ स्कोरमा स्वर्ण जितेको हो। टिम स्पर्धामा कूल ८ टिमको सहभागिता रहेको थियो।
यसअघि सुबाश तामाङले ३६औं संस्करणमा टिमतर्फ सदभावसँग मिलेर स्वर्ण जित्दा व्यक्तिगततर्फ रजत जितेका थिए। सदभावको भने यो च्याम्पियनसिपमा यो तेस्रो स्वर्ण हो। ३६औं संस्करणमा टिमतर्फ स्वर्ण जितेका उनले यो पटक दुई स्वर्ण जिते।
नेपाल नम्बर एक सदभावको करियरको यो अर्को ठूलो सफलता हो। यसअघि उनले गत नोभेम्बरमा फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि जितेका थिए। समग्रमा भने दोस्रो भएका थिए। युवा एमेच्योर सदभावले घरेलु टुर, सूर्य नेपाल गल्फ टुरमा पनि ४ उपाधि जितिसकेेका छन्।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]