11 months ago
January 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र भारत सिक्किमका विद्यार्थी सम्मिलित यु ११, यु १३ र यु १५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन आइतवारसम्म आइपुग्दा पाँचौं चरणका खेल सकिएका छन्।
किर्तिपुर स्थित पुष्पसदन विद्यालयमा जारी प्रतियोगिताको छात्र तर्फ यु १५ समूह अन्तर्गत सिक्किम चेस एसोसियसनका आभनिष प्रधानले शत प्रतिशत जित निकालेकी छिन् ।
आभनिषले ५ अंक जोड्ने क्रममा आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सारावोगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कुलका सइस घिमिरेलाई पराजित गरे ।
छात्रा यु १५ मा सिक्किमकी डेसियल ओङ्गमु भुटियाले ४.५ अंकसहित शीर्ष स्थानमा छिन् । उनले चौथो चरणको खेलमा हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्त संग बराबरी गर्नुबाहेक सबै ४ खेल जितिन् ।
आयोजक पुष्पसदन बोर्डिङ सेकेण्डरी स्कुलकी शिवानी रिजाल र सबनम रिजालसमान ४ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा छन्।
प्रतियोगितामा १३ वर्ष उमेर समूहको छात्र तर्फ पाठशाला सेकेण्डरी स्कुलका ओस्कार पन्थीले ५ अंकका साथ एकल अग्रता लिएका छन्।
पेभेलियन चेस एकेडेमीका उत्पादन ओस्कारले हिल टाउन स्कुलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ्ग र ज्ञानोदय बाल बाटिकाका प्रविर केसीलाई हराए । दोश्रो स्थानमा रहेका भारतीय निरभ ढकालले ४.५ अंक जोडेका छन् । निरभले छैटौं चरणमा ओस्कारको सामना गर्नेछन् ।
छात्रा यु १३ मा बि एन एकेडेमीकी विविशा तामाङ ५ अंकका साथ शीर्ष स्थानमा छिन् । उनलाई भारतकी मानस्वी आचार्य र मार्भेलस इङ्गिलस स्कुलकी कृति रिजालले समान ४ अंक बनाउदै पछ्याइ रहेका छन्।
यसैगरी यु ११ छात्रमा सूर्योदय सेकेण्डरी स्कुलका अग्रिम सैजुले सबै खेल जितेर एकल अग्रता लिएका छन् । पेभेलियनका उत्पादन अग्रिमलाई पछ्याउने क्रममा ग्रीनल्याण्ड स्कुलका सुलभ पन्थी र गोल्डेन पिक स्कुलका आयुष शर्माले समान ४.५ अंक जोडका छन् ।
यु ११ छात्रामा मार्भलस इङलिस स्कुलकी निहाना श्रेष्ठले ५ अंकका साथ एकल अग्रता बनाएकी छिन् । हिमालयन चेस एकेडेमी निहानाले रुबेर्सी चौलागाईं, नयुमा मगर, प्रशंसा चौधरी, ओजस्वी श्रेष्ठ र भारतकी पालक अग्रवाललाई हराइन् ।
अन्नपूर्ण सेकेण्डरी स्कुलका ओजस्वी , मार्भलसकी सुहानी सिंह र सिक्किमकी पालक समान ४ अंकका साथ संयुक्त रुपमा दोश्रो स्थानमा छन्।
संयोजक एवं पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठले प्रतियोगितामा नेपालका २ सय ४७ र सिक्किमका ११ जना विधार्थीको सहभागिता रहेको जानकारी दिए। ७ चरणका अन्तिम दुई खेल सोमवार हुनेछन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]