8 months ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो ।
मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ बर्ष उमेरसमूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते ।
९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेरसमूहमा किरन मगर र संस्कृती चौलागाईं तथा १५ देखि १७ बर्ष उमेरसमूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् ।
२३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]