default_image

8 months ago

April 15, 2025

अन्तर्राष्ट्रिय जुडो यसै साता

664 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीवार हुने भएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका २ सय ५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए ।

पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । वैशाख ४ गते ११ स्पर्धा तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुने बताइएको छ ।

सोही प्रतियोगिताका दौरान नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ ।

पुरुषमा ६० केजीमुनि तथा महिलामा ५२ केजीमुनि तौलसमूहमा खेल खेलाइने छ । यसै प्रतियोगितामा समावेश स्पर्धाबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले बताए । दुईदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाइने छ ।

पत्रकार सम्मेलनमा स् २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेलेकी तथा विश्व जुडो च्याम्पियनसिपमा २ कांस्य जितेकी अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति  थियो ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.