default_image

8 months ago

April 16, 2025

भलिबल मुख्य प्रशिक्षक भट्ट उप–निर्देशक पनि

415 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले भट्टलाई पत्र प्रदान गरे ।

उप–निर्देशकको जिम्मेवारी पाएसँगैै भट्टले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई धन्यवाद दिदै पाएको जिम्मेवारी इमान्दारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे ।

विगत तीन दसकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमान्दारीका साथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताएका छन् ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.