8 months ago
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटमा अर्को साता बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा वैशाख १३ गते देखि १५ गते सम्म शनिवार पत्रकार सम्मेलन जानकारी दिइयो ।
प्रतियोगितामा वरीयताको शीर्ष २० का खेलाडी रहने मेन्स डबल्स , भेट्रान्स ४० वर्ष माथि, ओपन मेन्स डबल्स ( जिल्ला) , ओपनर मेन्स डबल्समा जिल्ला बाहिर, यु १५ गर्ल्स, ब्वाइज र मिक्स डबल्स ३५ वर्षमाथिमा प्रतिस्पर्धा हुनेछ।
सबै विधाका शीर्ष ३ ले नगद पुरस्कार प्राप्त गर्नेछन्। मेन्स डबल्सको विजेता जोडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
बागमती प्रदेश खेलकुद परिषद् मुख्य मुख्य संरक्षक,
विदुर नगरपालिका संरक्षक रहने प्रतियोगिता नेपाल ब्याडमिन्टन सघंको प्राविधिक सहयोग रहनेछ।
नुवाकोट जिल्ला ब्याडमिन्टन सघं सह आयोजक रहने प्रतियोगितामा कोलोनी ब्याडमिन्टन ग्रुप सहयगीका रुपमा रहनेछ।

December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]