7 months ago
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगितामा उपाधिनजिक पुगेका छन् ।
ललितपुरको च्यासल फुटबल मैदानमा शनिवार आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान २ गोल गरे । सुनिता नेगी र सीतामाया बलले समान १ गोल थपे ।
४ टोली सहभागी महिलातर्फ लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि २ जित निकालेको छ । समान २ खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ ।
आइतवार गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । यो खेलले नै उपाधि विजेताको टुंगो लगाउनेछ । लिगमा समान २ खेल खेलेका बागमती र मधेशले अंक जोड्न सकेका छैनन् ।
राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकाल्यो । पुलिसका नवराज खत्रीले ह्याट्रिक गरे ।
जितसँगै ३ टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान २ खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको ३ अंक छ ।
समान २ खेलबाट एपिएफ र बागमतीको समान १ अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।
पुरुषको अर्को खेलमा कोशी र गण्डकीले ३-३ गोलको बराबरी खेले । कोशीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान १ गोल गरे ।
गण्डकीका लागि भने दीपक तामाङले २ तथा संगम घर्ति मगरले १ गोल गरे । दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे । तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो ।
समान २ खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोसीको ४ अंक, गण्डकीको एक अंक छ भने मधेश अंकविहीन छ । अब कोशी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]