default_image

7 months ago

May 3, 2025

राष्ट्रिय हक्कीमा आर्मी र गण्डकी उपाधि नजिक

630 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगितामा उपाधिनजिक पुगेका छन् ।

ललितपुरको च्यासल फुटबल मैदानमा शनिवार आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान २ गोल गरे । सुनिता नेगी र सीतामाया बलले समान १ गोल थपे ।

४ टोली सहभागी महिलातर्फ लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि २ जित निकालेको छ । समान २ खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ ।

आइतवार गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । यो खेलले नै उपाधि विजेताको टुंगो लगाउनेछ । लिगमा समान २ खेल खेलेका बागमती र मधेशले अंक जोड्न सकेका छैनन् ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकाल्यो । पुलिसका नवराज खत्रीले ह्याट्रिक गरे ।

जितसँगै ३ टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान २ खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको ३ अंक छ ।

समान २ खेलबाट एपिएफ र बागमतीको समान १ अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

पुरुषको अर्को खेलमा कोशी र गण्डकीले ३-३ गोलको बराबरी खेले । कोशीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान १ गोल गरे ।

गण्डकीका लागि भने दीपक तामाङले २ तथा संगम घर्ति मगरले १ गोल गरे । दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे । तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो ।

समान २ खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोसीको ४ अंक, गण्डकीको एक अंक छ भने मधेश अंकविहीन छ । अब कोशी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.