default_image

6 months ago

May 9, 2025

रुपेशलाई कोप चेस उपाधि

552 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस  प्रतियोगिताको उपाधि जितेका छन्। 

राष्ट्रिय सहकारी महासंघको आयोजना तथा प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले ९ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बने। 

रुपेशले १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बिमा तथा नगद ४० हजार रुपैयाँसहित प्राप्त गरे।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा दुई दिन सम्पन्न स्पर्धामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै दोश्रो भए। 

एफएम क्षितिजले ७ लाख रुपैयाँ बराबरको आवधिक बिमा, २५ हजार रुपैयाँ प्राप्त गरे। अन्य ८ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दस स्थानमा रहे । जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन्। 

सिएम पुरुषोत्तम सिलवालले ५ लाख बराबरको जीवन बिमा र १५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष फुयाल, भारतका आशुतोष कुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथो देखि दशौं स्थानमा रहे ।  

यसैगरी महिला विधा तर्फ ५.५ अंकमा शान्ति धिमाल विजयी भइन् । उनले ७ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै ५ अंक जोडेकी बिनिता कपालीले दोश्रो र सिन्दिरा जोशी तेस्रो भइन् । 

उत्कृष्ट नव प्रवेश खेलाडी स्पर्श अर्याल, सिनियर खेलाडी बद्रीलाल नेपाली, १८ सय रेटिङ मुनि सुरज सिंह, १६ सय मुनि उज्वल दहाल, युवा १६ वर्ष सुभनदीप थापा, युवा १४ हार्दिक पन्त, उत्कृष्ट बिमा गोविन्द नेपाल र उत्कृष्ट सहकारी रामशरण तिमल्सिनाले नगद पुरस्कार जिते।

कार्यक्रममा भेट्रान चेस खेलाडी सिताराम अग्रवाल, फोटोग्राफर देवु राजवंशी, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, गुल्मीजी र हरिश्यामलाई सम्मान प्रदान गरिएको छ। 

यसैबीच विजेता खेलाडीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पुरस्कार वितरण गरे। 

समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्रीमती ओमदेवी मल्ल, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महाप्रबन्धक सुरेश थापाको उपस्थिति थियो। 

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

November 6, 2025

नेपालसँग श्रीलंका पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]

November 5, 2025

नेपाल र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]

Success

Thank you for your time.