5 months ago
July 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ राष्ट्रलाई खुसी बनाउने योजना भएको बताएका छन् ।
गत आर्थिक वर्ष मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले यस्तो बताएका हुन् ।
सदस्य सचिवले भने, ‘मिसन– २०२६ देशलाई खुसी बनाउने योजना हो । यो जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना हो । त्यतिबेलासम्म म पूर्व भइसकेको हुन्छु । त्यसले कुनै फरक पर्दैन । तर, खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनु पर्छ, अनि मात्र खेलाडीले पदक जित्न सक्छन् ।’

उनले थपे ‘यो योजनालाई सफल बनाउन खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस् कार्य योजना १ साताभित्र बुझाउनुस् ।’
सदस्य सचिव घिसिङलेले खेलाडीको प्रशिक्षणका लागि संघले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासंघ र दूतावाससंग सहकार्य गर्नु पर्ने आवश्यकता औल्याए ।
सदस्य–सचिव घिसिङ मिसन– २०२६ का लागि हाल २ करोड ७० लाख मात्र छ भनेर चिन्ता नगर्न आग्रह गर्दै संघहरुबाट ठोस् योजना आए बजेटका लागि गम्भीर भएर पहल गरिने प्रतिबद्धता जनाए ।
उनले नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने बताए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताउँदै खेलाडीको फिट्नेस टेस्टपछि प्रशिक्षण पुनः सुरु हुने बताए ।

सहभागी खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामाग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा बृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयमा धारणा राखेका थिए ।
जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले आ.व. २०८०/८१ देखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।
कुनैपनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलोपटक हो । गत आ.व. मा पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित १ सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]