default_image

4 months ago

August 3, 2025

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

478 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप का लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ ।

भारतमा साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ ।

यसै च्याम्पियनसिप का लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो ।

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की बलम्पाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोशना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही छिन् ।

सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो । नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेलमैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्ला एक महिनादेखि प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए । यो टोली प्रतियोगितामा सहभागी हुन साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यस च्याम्पियनसिप मा एसियाका विभिन्न ११ राष्ट्रबाट ८ महिला र ८ पुरुष यु–२० टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारस्थित राजगीर स्पोर्ट्स कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुने रग्बी संघले जनाएको छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.