default_image

4 months ago

August 11, 2025

ब्याडमिन्टन टोली भुटान जाने

523 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन टोली
जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन मंगलबार भुटानको थिम्पु जाने भएको छ ।

शुक्रवार सुरु हुने प्रतियोगितामा नेपालीबाट ३ फरक उमेरसमूह १२ खेलाडी सहभागी हुने छन् ।

यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन् । यु–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदिप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्ने छन् ।

यु–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमवार बिदाइ गरे ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.