4 months ago
August 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ ।
काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् ।
नेकोभाले बुल्गेरिया, फ्रान्स, अजबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौं स्पाइकर्सको टोलीमा अझ सन्तुलित र मजबुत हुने टोलीको विश्वास छ ।
पहिलो सिजनमा पनि बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौंबाट खेलेकी थिइन् ।
काठमाडौं स्पाइकर्सले इडब्लुभिएलको पहिलो सिजनमा तेस्रो भएको थियो।

इब्लुभिएलका लागि ३ विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ । अन्य २ विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्ने काठमाडौंले जनाएको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
टोलीको मुख्य प्रशिक्षका लोक बहादुर बुढा छन् । इडब्लुभिएलको दोस्रो सिज भदौ २० देखि २८ गतेसम्म हुनेछ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]