default_image

4 months ago

August 14, 2025

धुलिखेल नगरपालिकामा हक्कीको रंगशाला बन्ने

603 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ ।

त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीवार सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि दिने सम्झौता भएको महासचिव श्रेष्ठले जनाएकी छन् ।

प्राप्त जग्गामा हक्कीको रंगशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माण गर्ने महासचिव श्रेष्ठले बताइन् । १ हजार क्षमताको प्यारापिट बनाइने जनाइएको छ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.