4 months ago
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा भएको बताइएको छ ।
नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीवार पत्रकार सम्मेलनमार्फत शुक्रवार सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको पावरलिफ्टिङ प्रतियोगितामा नेपाल सहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० बढी खेलाडी सहभागी हुने जानकार दिए ।
प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च प्रेस वन्ली र डेडलिफ्ट वन्ली गरी ३ विधा समावेश गरिएको छ । हरेक विधामा १६ वटा तौल समूहलाई समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १ हजार १ सय ५२ वटा फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक तौल र उमेर समूह अन्तर्गतको खेलमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप मेडल, ट्रफी र आकर्षक उपहार प्रदान गरिने बताइएको छ ।
नेपालमा पहिलो पटक नीजि क्षेत्रको संस्थाले एन्टिडोपिङ परिक्षण गराएर अन्तराष्ट्रिय स्तरको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गर्न लागिएको आयोजकले बताएको छ । प्रतियोगिता ३ दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]