default_image

4 months ago

August 14, 2025

हिमालयन क्विन्स ग्याम्बिट अर्को साता हुने

412 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि ८ प्रतियोगिता हुँदैछ ।

जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्विन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना हुने भएको छ।

हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्विन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक खेलमा महिला शसक्तिकरणको लागि आयोजित हिमालयन क्विन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी आठ स्पर्धासमावेश गरिएको छ, जसमा अनरेटेड १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’

कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले भन्छन्, ‘नेपाली चेस समुदायमा महिला खेलाडीको सहभागिता साह्रै न्युन छ । त्यसैले हिमालयन क्वीन्स ग्याम्बिटले चेसमा महिला खेलाडीलाई उत्साहित पार्ने र सहभागिता बृद्धि गर्ने विश्वास गरेको छु ।’

प्रतियोगितामा सेन्ट जेभियर कलेज एकेडेमिक पार्टनरको रुपमा रहेको छ । सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा सञ्चालन हुने एक दिने प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार र्यापिड चेसको आधारमा हुनेछ ।

७ राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउने छन् । खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गर्ल्स यू १०, यू १३, यू १६ र भेट्रान (५० वर्षमाथि) को स्पर्धा पनि समावेश गरिएको छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.