4 months ago
August 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जितेको छ।
छात्रा सिनियर विद्यार्थी समूहमा रिलायन्स स्कूलकी राधिका पौडेलले ६ चरण अपराजित रहँदै उपाधि जितेकी छिन्।
यसै समूहमा आयोजक नेपाल प्रहरी स्कुलकी मन्दिरा गिरि ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भइन् । एभरेष्ट सेकेन्डरी स्कूलकी हर्षिका श्रेष्ठ समान अंकमा तेस्रो बनीन्।
यस्तै सिनियर छात्र विद्यार्थी तर्फ मोर्डन इन्डियन स्कुलका आशिष गुप्ताले ७ चरणको खेलबाट कुल ६. ५ अङ्क प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे।
यसै समूहमा माउण्ट ग्लोरी इन्टरनेसनल स्कुलका आयुष भण्डारीले ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो र बागमती कलेजका आर्जन खड्का ६ अंक नै जोडेर तेस्रो भए।
१५ मिनेट १० सेकेण्ड इन्क्रिजमेन्ट रापिड दुई दिने बुद्धिचाल प्रतियोगितामा जुनियर ब्वाइज विद्यार्थी तर्फ डाफोडिल पब्लिक स्कुलका डेवन्सराज श्रेष्ठले ६.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्।
यसै समूहमा मार्भेलस इङ्लिस सेकेन्डरी स्कूलका बृजनन्दन दास ६ अंक संकलन गर्दै द्वितीय र समान ६ अंक प्रोग्रेसिभमा तृतीय स्थान ओगट्दै माउण्ट ग्लोरीका निश्चल रिमाललो प्रतियोगिता अन्त्य गरेका छन्।
छात्रा जुनियर विद्यार्थी तर्फ मार्भलस इङ्लिस बोर्डिङकी कृष्टि रिजालले कडा प्रतिस्पर्धामा समान ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा पहिलो स्थान हासिल गरिन्।
उनीसँगै समान ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा लालीगुराँस सेकेन्डरी स्कुल गोदावरीकी कामना थापा मगर दोस्रो र निटेन मेमोरियल स्कुलकी परीक्षा बोलाखे तेस्रो भइन् ।
विजयी विद्यार्थी खेलाडीहरुलाई प्रमुख अतिथि काठमाडौँका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ तथा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरेका छन्।
यस दोश्रो संस्करण एनपिएल चेस प्रतियोगितामा ८७ विद्यालयका १ सय ८७ विद्यार्थी खेलाडीको सहभागिता र थियो ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]