4 months ago
August 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) अन्तर्गत पलेयर्स च्याम्पियनसिपको पहिलो दिन नेपालका प्रो गल्फर सुवाश तामाङ उत्कृष्ट प्रदर्शनका साथ संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन्।
भारतस्थित तमिलनाडुको पार-७१ कोक्लोभर ग्रीन्स गोल्फ कोर्स एन्ड रिसोर्टमा आज सुबाशले ७-अन्डर ६४ को उत्कृष्ट स्कोरमा पहिलो १८ होलको खेल सकाए।
१०औं होलबाट दिनको सुरुवात गरेका सुवासले १३औं देखि १५औं होलसम्म लगातार तीन बर्डी सहित फ्रन्ट नाइन बोगी रहित ३-अन्डर ३१ मा सकाए।
यसपछि दोस्रो, तेस्रो, पाँचौं, सातौं र आठौं होलमा पनि बर्डी प्रहार गर्न दफल रहँदा नवौं होलमा एक सट खेर फाले। बमयाक नाइन ४-अन्डर ३३ मा पुरा गरे।
यो स्कोरमा सुबाश भारतीय प्रो सौर्य भट्टाचार्य र मिलिन्द सोनीसँग संयुक्तरुपमा दोस्रो स्थानमा रहे।
भारतका युवराज सान्डु ८-अन्डर ६३ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। सुबाश लिडर युवराज भन्दा एक स्ट्रोकले पछि रहेका छन्।
अर्को नेपाली गल्फर शुक्र बहादुर राईले खराब प्रदर्शन गरे। उनले आज ४-ओभर ७५ को स्कोरमा खेल सकाए। उनी संयुक्तरुपमा ९४ औं स्थानमा छन्। प्रतियोगितामा १ सय २४ गल्फरको सहभागिता रहेको छ।
यो प्रतियोगिताको कुल नगद पुरस्कार भारू १ करोड रूपैयाँ रहेको छ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]