4 months ago
August 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभिएम टेबलटेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को चौथो दिन बुधवार पुनः संयुक्त शीर्ष स्थानमा छन् ।
छैटौं चरणको समाप्तिमा एभिएम र स्ट्यागले समान ५७ अंक जोडेका छन् । अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता कायम गरेको थियो ।
टप स्पिन टेबलटेनिस गुड्स नेपालले ५२, होप्स टेबलटेनिस एकेडेमीले ४५ तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ४३ अंक बटुले ।
त्यस्तै, कीर्तिपुर नगरपालिकाले ४२, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ४०, द ड्रागन्स टेबटेनिस क्लबले ३६ र ओल्ड हाउस रेस्ट्रोले ३५ अंक जोडेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । त्यसको टुंगो बिहीवार लाग्ने छ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]