3 months ago
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काजकिस्तान चेस फेडरेसनको सहयोगमा दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपमा आज भएको छ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा पहिलो दिन सञ्चालन भएको बुद्धिचाल प्रतिस्पर्धामा नेपालका ५ सय ४४ युवा खेलाडीको सहभागिता थियो।
आज नेपालका २१२९ रेटेड सिएम पुरुषोत्तम सिलवाल शीर्ष स्थानमा रहन सफल भएका छन्। युवा १८ वर्ष मुनिको खेलमा १६८८ रेटेड अदिप गुरुङ, पभेलियन चेस एकेडेमीका १६९१ रेटेड अनुगमन गौतम, १६५३ रेटेड विशेष शाहि लगायतका ६ जना खेलाडीले पूर्ण अंक बनाउँदै अग्रस्थानमा छन्।
यस्तै छात्रातर्फ युवा १६ वर्ष मुनि प्रतिमा बास्कोटा, पूर्णिमा गुरुङ, नविना राई, यशस्वी शर्माले समान दुई अङ्क हासिल गर्दै अग्रस्थानमा छन्। यसै समूहमा नेपालका ओलम्पियन खेलाडी रिया श्रेष्ठ र संस्कृति गजुरेलले बराबरी खेल्दै १.५ अङ्क प्राप्त गरी दोस्रो स्थानमा उभिएका छन्।

छात्रा युवा १४ वर्ष मुनि ललितपुर नाइटिङ्गेल स्कुलकी दिया श्रेष्ठ, भक्तपुर खोप्रिङ स्कुलकी श्रेष्ठ दुवाल र मोक्षदा स्कुलकी सुवानी बास्कोटा ३ अङ्क प्राप्त गर्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।
छात्रा युवा १२ वर्ष मुनि नयूमा मगर, भावना वोली, अनिषमा तामाङ, प्रविष्ट दवाडी, उज्जिवनि कँडेल, सान्वि पौडेल, ऐना शाही, निहाना श्रेष्ठ र प्रसिद्धि थापाले समान दुई अङ्क जोडेर अग्रस्थानमा छन्।
छात्रा युवा १० वर्ष मुनि पेभिलियन चेस एकेडेमीका अग्रता आचार्य, फ्युचरस्टार एकेडेमीका ललितपुरका ग्लोसी श्रेष्ठ र अन्नपूर्ण स्कुलका दृष्टिना बस्नेत अङ्क जोडेर अग्रस्थानमा छन्।
छात्रा युवा ८ वर्ष मुनि महालक्ष्मी चेस एकेडेमी ललितपुरका शुभाश्री श्रेष्ठ र अन्नपूर्ण सेकेन्डरी स्कुलका सारा तामाङ समान ३ अङ्क जोडेर अग्रस्थानमा छन्।
प्रतिस्पर्धामा युवातर्फ ८, १०, १२, १४ र १६ वर्ष छात्र तर्फका प्रतिस्पर्धाहरू जारी रहेका छन्।

काठमाडौँ स्थित अनाम नगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा सञ्चालन भएको बृहत चेस प्रतियोगितामा एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभका साथै कजाकिस्तान चेस फेडरेसनका उपप्रमुख सुपर ग्रायण्ड मास्टर जिएम धर्मेन साद्भाकासोभको समेत उपस्थिति रहेको थियो।
यसैबीच खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली मूलका विश्व शीर्ष खेलाडी अनिश गिरीलाई नेपाली मानार्थ नागरिकता दिनका निम्ति महासंघसँग समन्वय भइरहेको जानकारी गराएका छन्।
त्यसअघि युवा तथा खेलकुद मन्त्री चौधरी र विश्व बुद्धिचाल महासङ्घ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक एवं सुपर ग्रायण्ड मास्टर (जिएम) भिक्टोर बोलोगनले संयुक्त रूपमा प्रतियोगिता उद्घाटन गरे।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]