3 months ago
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थगित एभरेष्ट महिला भलिबल लिग ( इडब्लुभी) त्यहिबाट सुरु हुने भएको छ। यद्दपी कहिलेबाट सुरु हुने भन्ने मिति तय भएको छैन।
जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि पोखरा भइरहेको इडब्लुभी स्थगित गरिएको थियो।
इडब्लुभीकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले आज जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सहादतप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन्।
१६ खेलमध्ये स्थगित हुनुअघि ९ खेल सम्पन्न भइसकेको थियो । बाँकी ७ खेललाई उपयुक्त समयमा निरन्तरता दिने तयारी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी खेलको नयाँ मिति नेपाल भलिबल संघ, ६ फ्रेन्चाइजी टोली र प्रायोजकसँग समन्वय गरी घोषणा गरिने बताइएको छ।

लिगका सहभागी सबै टोली काठमाडौं फर्किसकेका छन्। ११ देशका १८ विदेशी खेलाडी यसअघि नै स्वदेश फर्किसकेका छन्।
जेनजी आन्दोलनका क्रममा पोखरा निन्जाज, काठमाडौं स्पाइकर्स तथा आयोजक बसेको होटलमा समेत आगजनी भएको थियो।
ललितपुर क्विन्स र कर्णाली यशविजले समान ३ खेल जित्दै समान ९ अंक जोडेका छन्। मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सले समान ३ अंक, लुम्बिनी लाभाजले २ अंक र पोखरा निन्जाजको अंक छ। लिग चरणमा सबै टोलीले समान ३ खेल खेलिसकेपछि स्थगित भएको थियो।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]