3 months ago
September 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट भाग लिने ३२ खेलका खेलाडीको पहिलो सूची दर्ता गराएको छ।
खेलाडी संख्या दर्ता गर्न आज (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो। यसअघि एनओसीले ३० खेल दर्ता गराएको थियो। तोकिएको समयमा दर्ता नगरेको खेल फुटबल र तेक्वान्दोको खेलाडी संख्या पनि पठाइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल तेक्वान्दो संघसँग एनओसीले खेलाडी संख्या मागेपछि दुबै संघले पठाएको एनओसी अध्यक्ष जीवन राम श्रेष्ठले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए।
खेल दर्ताको अनुरोध सहित तेक्वान्दो र फुटबलको खेलाडी संख्या ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मा पठाइएको श्रेष्ठले स्पष्ट पारे। फुटबलको महिला र पुरुष दुवै टोलीको खेलाडी संख्या दर्ताको लागि पठाइएको छ।

यसअघि दर्ता भएका ३० खेल मध्ये एथलेटिक्सले खेलाडी संख्या नपठाएपछि महिला र पुरूषको म्याराथनका लागि १/१ खेलाडी मात्र एनओसी आफैले राखेर पठाएको पनि श्रेष्ठले बताए।
उनले भोलि प्रेस विज्ञप्ति जारी गरेर कुन खेलको कति खेलाडी संख्या पठाइएको विषयमा सबै जानकारी दिइने बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयसँग खेलाडी संख्या माग गरेपनि जवाफ नपाएको श्रेष्ठले बताए। त्यसका बाबजुद नेपाली खेलाडीको एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गर्न संघले पठाएको संख्याको आधारमा ओसिएमा खेलाडीको पहिलो लामो सूची पठाइएको श्रेष्ठको भनाई थियो।
सामान्यतया राज्यले नै सहभागिताका लागि खेल र खेलाडी संख्या तोक्नु पर्ने हो। तर खेलकुद मन्त्रालयले धुब्र बहादुर प्रधानको संयोजकत्वमा रहेको एनओसी तदर्थ समितिलाई मान्यता दिएको छ ।

तर त्यो तदर्थ समितिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओसिएको मान्यता छैन। राखेपले अवैध ठहर गरेको श्रेष्ठ नेतृत्वको एनओसीलाई आइओसी र ओसिएको मान्यता छ ।
त्यसैले सोही एनओसीले खेलाडीको लङ लिस्ट (लामो सूची) दर्ता गराएको हो। यसअघि असार १६ गते एनओसीले सम्बन्धित खेल संघको पत्राचारका आधारमा ३० खेलको ओसिएमा दर्ता गराएको थियो ।
१९ औं एसियाडमा नेपालका लागि करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।
नेपालबाट २० औं एसियाडका लागि दर्ता भएका खेल र खेलाडी
एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस क्लाइम्बिङ्ग, स्कावस, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती, उसु
आज थप्न अनुरोध गरिएका खेल र खेलाडी
फुटबल र तेक्वान्दो
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]