3 months ago
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन बिहीवार कजाकिस्तानको अल्माटी प्रस्थान गरेका छन्।
विश्व बुद्धिचाल महासङ्घ (फिडे) र कजाकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सेप्टेम्बर १९ देखि ३० सम्म हुने प्रतियोगितामा ८० भन्दा बढी देशका १ सय ७६ खेलाडी प्रतिस्पर्धा गर्नेछन्। खेल १२ वर्ष मुनिका खेलाडीबीच ११ राउण्ड स्विस प्रणाली अन्तर्गत सञ्चालन हुनेछ।
नेपालको तर्फबाट महासचिव धरमबहादुर लामाको नेतृत्वमा १६८० रेटेड अग्रिम सैंजु र १६४६ रेटेड हार्दिक पन्त सहभागी हुनेछन्। अग्रिम १ सय ३०औं र हार्दिक १ सय ३८औं स्थानमा छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बुद्धिचाल महासङ्घका सचिवालय सदस्य बालाराम पुन र प्रवक्ता राजु ताम्राकारले आज टोलीलाई बिदाइ गरे।
महासङ्घका अनुसार हालै नेपाल–कजाकिस्तानबीच भएको समझदारीअनुसार ‘फ्रिडम एसियन चेस इनिसिएटिभ’ मार्फत नेपाली खेलाडीलाई विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिइएको थियो।
यही कार्यक्रमअन्तर्गत अग्रिम र हार्दिकलाई विश्व क्याडेट प्रतियोगितामा सहभागी हुने अवसर मिलेको हो।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]