2 months ago
September 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक खेलाडी छनोटको विषय प्रति गण्डकी प्रदेश भलिबल संघले आपत्ति जनाएको छ।
पछिल्लो प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको प्रारम्भिक १८ जना खेलाडीको सूची सार्वजनिक हुँदा आफ्नो प्रदेशको एक जना खेलाडी पनि नपरेको विषयमा गण्डकी भलिबलले प्रश्न खडा गरेको छ।
आफु खुसी निकटका खेलाडीलाई छनोट गरेको उल्लेख गर्दै त्यहि कारण गण्डकी प्रदेशका खेलाडी माथि अन्याय भएको आरोप गण्डकी भलिबलले लगाएको छ।
छनोट प्रक्रिया बारे यथाशीघ्र पुनर्विचार गर्न माग गर्दै त्यसो नभएको खण्डमा नेपाल भलिबल संघबाट आयोजना गरिने कुनैपनि प्रतियोगिता तथा कार्यक्रममा गण्डकीको सहभागिता र सहयोग समेत नरहने चेतावनी दिएको छ।
गण्डकीले भलिबल संघका उपाध्यक्ष तथा काभा पुरुष नेसन्स लिग-२०२५ राष्ट्रिय पुरुष टिम छनोट समितिका संयोजक भरत शाहलाई पत्र लेख्दै असन्तुष्टि जनाएको हो।
गण्डकी पछिल्लो समय भलिबलमा उत्कृष्ट टोलीको परिचय बनाउन सफल भैसकेको र उसले विभागीय टोलीलाई समेत हराउँदै आए उल्लेख गर्दै त्यहाँबाट खेलाडी नपर्नेुमा दुःख मनाउ गरेको छ ।
बंगलादेशको ढाकामा ५ गते देखि ११ गतेसम्म हुने काभा मेन्स नेसन्स लिग २०२५ को लागि खेलाडी छनोट विवादित बनेको छ।
खेलाडी छनोटको विषयमा विवाद बढ्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले राखेपसँग सम्बन्धित बाहेक भलिबलका सबै भूमिकाबाट अलग हुने सामाजिक सन्जालमार्फत घोषणा गरेका थिए।

December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]