default_image

1 month ago

October 7, 2025

न्यु डायमण्डलाई बेलायतबाट आर्थिक सहयोग

810 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बेलायतमा बसोबास गर्ने संखुवासभाली टोलीले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई आर्थिक सहयोग गरेको छ ।

माल्टा ५ खाँदवारी संखुवासभा स्थायी ठेगाना भएका र हाल बेलायतमा रहेका मणि कुमार गुरुङ ‘काका’को संयोजकत्वमा संखुवासभाली टोलीले न्यु डायमण्डलाई २ लाख ६० हजार रुपैयाँ सहयोग गरेको हो ‌।

राष्ट्रिय खेल भलिबलको राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरको महिला खेलाडी उत्पादन गर्दै प्रशिक्षक कुमार राईले संखुवासभा जिल्लाको नामलाई राख्नु भएकोले न्यु डायमण्डलाई आर्थिक सहयोग गरिइएको बताइएको छ ।
गुरुङले न्यु डायमण्डका अध्यक्षसमेत रहेका राईलाई रकम हस्तान्तरण गरे ।

सहयोग गर्नेमा गुरुङसँगै दिवस श्रेष्ठ, अनिल तामाङ, सल बहादुर गुरुङ, अर्जुन गुरुङ, अमृत कुमार गुरुङ, बाबुराम गुरुङ, भोलामान गुरुङ, युवराज गुरुङ, अम्बी राई, प्रेम कुमार कोराङ्गी, कमला गुरुङ, राम चन्द्र गुरुङ र रवि सारु मगर छन् ।
यस्तै आर्थिक सहयोगको संयोजन गरिरहेका गुरुङले हौसला स्वरुप न्यु डायमण्डकी जेनिशा विश्वकर्मालाई थप रकम सहयोग गरे। रवि सारु मगरले पनि जेनिशालाई थप १० हजार रुपैयाँ प्रदान गरेको प्रशिक्षक राईले जानकारी गराए ।

यस्तै मणि गुरुङले श्रीलंकाको कोलोम्बोमा नोभेम्वर ३ देखि ९ सम्म हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीलाई सफलताको पनि शुभकामना व्यक्त गरे । राई सो टोलीका मुख्य प्रशिक्षक र जेनिशाले टोलीलाई नेतृत्व गरिरहेकी छिन् ।

न राईले सहयोगी सबैलाई क्लबका तर्फबाट धन्यवाद दिए । उनले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बलियो बनाउनका उद्देश्यका साथ क्लबले महिला खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए ।

चन्द्रगिरी १३ नैकापमा निर्माणाधिन आवासीय सुविधासहितको क्लबको इन्डोर हलमा हाल ६५ जना नियमित प्रशिक्षणमा छन् । जसमा ४५ जना क्लबमै रहेर प्रशिक्षण लिइरहेका छन्।

November 9, 2025

धारा नेपालगन्ज र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]

November 8, 2025

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]

November 6, 2025

नेपालसँग श्रीलंका पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]

Success

Thank you for your time.