default_image

2 months ago

October 7, 2025

टेबल टेनिस टोली अस्ट्रेलियातर्फ

315 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- डब्लुटिटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ ।

अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन रहेका छन् ।

६ खेलाडी प्रशिक्षणका लागि छनोट

विभिन्न ३ उमेर समूहका ६ टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् ।

नेपाल एपिएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौँ एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ आफ्नो उमेरसमूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ तारिखसम्म हुने शिविरका लागि छनोट भएका हुन् ।

यु-१३ सिंगल्सको ब्वाइजमा यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गल्र्समा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जन तथा यु–१६ सिंगल्सको ब्वाइजमा यलका रिजा शाक्य र गल्र्समा स्ट्यागकी सुरम्या शाक्य पहिलो भएका थिए ।

यु-१९ सिंगल्सको ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गल्र्समा होप्सकै योङगी पौडेलले स्वर्ण जितेका   थिए ।

प्रतियोगितामा विभिन्न क्लबका १ सय ५० खेलाडी सहभागी थिए । शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.