default_image

2 months ago

October 11, 2025

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान विजयी भएका छन्।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिवार भएको २१ किलोमिटरको रेसमा डेनियलले २ घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए ।

नेपालका दिपक मान तामाङ २ घन्टा ३१ मिनेट २ सकेन्ड समयका साथ दोस्रो भए । भरत गुरुङ २ घन्टा ३१ मिनेट ४ सकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

महिलातर्फ एनीले २ घन्टा ४५ मिनेट समयसहित पहिलो भइन् । अमेरिका/जर्मनीकी सोन्या मार्टिन (२ः५८ः३० सकेन्ड) दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर (३ः०९ः१३ सकेन्ड) तेस्रो स्थानमा भइन् ।

ट्रेल रनिङमा नयाँ सहभागीका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन हाइक पनि राखिएको आयोजकले जनाएको छ।
जसमा नेपालका आकार शेर्पाली (१ घन्टा ३ मिनेट) पहिलो, अमृत शाही ठकुरी (१ घन्टा ४ मिनेट) दोस्रो र सुजन श्रेष्ठ (१ घन्टा ९ मिनेट) तेस्रो भए ।

महिलामा निशा महर्जन (१ घन्टा १० मिनेट) पहिलो, अमेरिकाकी एरिका मिक्स (एक घन्टा २७ मिनेट) दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर (१ घन्टा २९ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।

हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको पहिलो रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नवेै र जर्मनीका गरी ११० धावकधाविकाको सहभागिता थियो ।

यस सत्रमा केभिरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ बताइएको छ।

‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.