2 months ago
October 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको मैत्रीपूर्ण ‘मुनाल भलिबल कप’ को उपाधि कर्मचारी टिमले जितेको छ।
शनिबार भएको फाइनल खेलमा कर्मचारी टिमले भेट्रान ए टिमलाई पराजित गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको हो।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केपमा आयोजना गरिएको यो प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत जैविक विविधता संरक्षण र स्थानीय समुदायबीच एकताको सन्देश फैलाउने रहेको आयोजकले जनाएका छन्।

एक दिने प्रतियोगितामा कर्मचारी टिमसहित जनप्रतिनिधि, शिक्षक, भेट्रन ए, भेट्रन बी र संरक्षण क्षेत्र व्यवस्थापन समिति गरी ६ टोलीको सहभागिता जनाएका थिए।
मैत्रीपूर्ण खेल र पूर्वतयारी कार्यक्रमको अवसरमा स्थानीय आमा समूह र विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। सबै टिमलाई ‘मुनाल भलिबल कप’ लोगो अंकित कप र प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार अर्को वर्षदेखि यो प्रतियोगिता हरेक वर्ष नियमित रूपमा आयोजना गरिनेछ। कास्की जिल्लाभित्रका अन्तर–वडा स्तरीय पुरुष टोलीबीच प्रतियोगिता गराइने बताइएको छ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]